शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र डा. गोविन्द केसीबीच छलफल भएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज मन्त्री पौडेल र केसीबीच छलफल भएको हो ।
सो क्रममा चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्याहरूबारे छलफल भएको शिक्षा मन्त्री पौडेलले जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘चिकित्सा क्षेत्रका विद्यमान समस्याहरुबारे डा. गोविन्द्र केसी ज्यूसँग आज गम्भीर छलफल भएको छ । उहाँका महत्पूर्ण सुझावहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।’