सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ ।
बिहीबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । साथै, केही नेता कन्ट्याक ट्रेसिङमा परेको हुनाले बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
आजको बैठकमा स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल गर्ने कार्यसूची थियो ।
यसअघि गत मंगलबार बसेको बैठकमा पनि स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ । सत्ता गठबन्धन दलहरूबिच निर्वाचन कहिले गर्ने भन्ने सहमति हुन सकेको छैन ।
हाल स्थानीय भन्दा पहिले संसदीय निर्वाचन गर्ने विषयले पनिसत्ता गठबन्धनका प्रवेश पाएको छ ।