परराष्ट्र मन्त्रालयको राहदानी विभागले मंसिर १ गतेदेखि शुरु गरेको बिधुतिय राहदानी (ई–पासपोर्ट) बितरण सेवा अन्तर्गत मंसिर ३० गतेसम्म २६ हजार १ सय आठ जनाले ई–पासपोर्ट लिएको विभागले जनाएको छ ।
ई–पासपोर्ट सेवा हाल बिभागको त्रिपुरेश्वर स्थित नयाँ भवनका सांथै ३० जिल्लाबाट प्रदान गरिएको विभागले जनकारी दिएको हो ।
विश्वव्यापी रुपमा ई–पासपोर्ट प्रचनमा आएपछी नेपालमा पनी लामो समयको तयारी पछी ई–पासपोर्ट सेवा शुरु गरिएको हो ।
हाल विभागको त्रिपुरेश्वर स्थित नयाँ भवनबाट दैनिक ११ सय प्रति पासपोर्ट वितरण गरिआईएको विभागका निर्देशक उदयराज आरणले जनाए ।
उपत्यकाका तिनवटै जिल्लाबाट १ सातामा पासपोर्ट लिनसकिने व्यवस्था मिलाईएको निर्देशक आरणले बताए । उपत्यका बाहेकको अन्य जिल्लाहरुबाट भने प्रकृया थालेको २ सातामा पासपोर्ट प्रदान गर्ने गरिएको उनले बताए ।
ई–पासपोर्ट वितरण सेवाको तयारीका लागि राहदानी विभागले जिल्ला तथा ईलाका प्रशाशनबाट वितरण गर्दै गरिएको एमआरपी पासपोर्ट वितरण करिब ६ साताका लागि स्थगित गरेको थियो ।
हाल देशका ३० मुख्य शहरी जिल्लाहरुबाट ई–पासपोर्ट सेवा प्रदान गरिएको निर्देशक आरणले जनाए ।
केहि महिना भित्रै देशको ७७ वटै जिल्ला तथा तोकिएको ईलाका प्रशाशन कार्यालयबाट सेवा विस्तार गरिने उनले जनाए ।
उपत्यका बाहेकको जिल्लाहरुबाट समेत पासपोर्ट वितरण सेवा शुरु गरिएपनी सेवाग्राहीहरु हतारिएर काठमाडौंमा मात्रै सेवा लिन भिड गरेको उनले बताए ।
‘हालसम्म बितरण गरिएको २६ हजार १ सय आठ ई–पासपोर्ट मध्ये २४ हजार काठमाडौंबाटै वितरण गरिएको छ’– निर्देशक आरणले भने– ‘सेवाग्राही काठमाडौं केन्द्रित हुँदा केहि समस्या आएको हो ।’
के हो ई–पासपोर्ट ?
हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विधुतीय राहदानीमा विधुतीय चिप र एन्टेना जडान गरिएको छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुनेछन । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन ।
विभागले जारी गर्न लागेको पोलिकार्बोनेट सहितको विधुतीय राहदानी हो । पोलिकार्बाेनेट सहितको डाटापेजमा विधुतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिदैन । यो तेश्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ ।
साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन् । अब जारी हुने राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण ३४ र ६६ पृष्ट सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुनेछन् ।
विद्युतीय राहदानी बारे निरन्तर सोधिने प्रश्नहरु
राहदानीको लागि निवेदन कसरी दिने ?
यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ । पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।
नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ ।
राष्ट्रिय परिचयपत्र Activate भए नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हट लाइन नम्बरमा (www.donidcr.gov.np/) फोन गरेर वा भाइबर ह्वास्ट एपमा मेसेज पठाएर एकीन गरी सकेपछि मात्र लाइभ इन्रोलमेन्टको लागि आउनु होला ।
एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी हुने छैन ।
विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक खोल्नुहोला ।
https://emrtds.nepalpassport.gov.np
थप प्रश्नउत्तरहरु:
हाल कुनकुन जिल्लामा विद्युतीय राहदानीको लागि लाइभइन्रोलमेन्ट गर्न सकिन्छ ?
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरु, उपत्यका बाहिर कास्की, चितवन, मकवानपुर, कपिलबस्तु, रुपन्देही, सुर्खेत, नवलपरासी, बुटवल, झापा, मोरङ्ग, धनुषा, पर्सा, सर्लाही, सुनसरी, उदयपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, गुल्मीआदि जिल्लाहरुमा विद्युतीय राहदानीको लागि निवेदन लिन अर्थात लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग खुली सकेको छ । काभ्रे र तनहुँमा जडान कार्य सकिएको छ । एक दुइ दिनमा बुकिङ्ग खुल्ने छ । अन्य जिल्लाहरूमा पनि दैनिक रुपमा स्टेशनहरु स्थापना हुँदै छन् ।
विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ ?
सामान्य अवस्थामा लाइभ इन्रोलमेन्ट गरेको मितिले दुई कार्य दिन लाग्छ तर अनलाइनबाट समय बुक गरेकै हुनु पर्दछ । हाल विभागमा अत्यधिक चाप हुनाले र कोभिडको कारणले समेत पछाडिको बुकिङलाई अगाडि ल्याउन सकिने छैन । त्यसैले विदेश जाने समयलाई पूर्व आकलन गरेर यथासमयमा नै इन्रोलमेन्टको लागि समय बुक गर्नु होला ।
नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला । संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला ।
विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ ?
विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दु्रत सेवा कायम गरिएको छ । दुई दिनमा लाग्ने गरेको साबिककै १२ हजार दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ । विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ
जिल्लाहरूमा लाइभ इन्रोलमेन्ट गरी सकेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ ?
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुने छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।
विद्युतीय राहदानी के हो ?
हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (e-Passport) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।
के राष्ट्रियपरिचयपत्र वा नम्बर आवश्यक पर्छ ?
१६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको लागि राष्ट्रियपरिचयपत्र आवश्यक पर्छ । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन । भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ । भौतिक कार्ड नै भएमा अझ सजिलो हुन्छ ।
रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?
विभागको हकमा मुख्य प्रतिक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा सम्पर्क गर्नु होला । रिजेक्सनको कारण थाहा भएमा तोके अनुसारको कार्य गरेर पुनः लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनसक्छ । सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन सक्दैन । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।
दूर्त सेवाको लागि राष्ट्रिय परिचयपत्रको अलावा आधिकारिकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?
केही सेवाग्राहीहरुको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेको कारण राहदानी बन्न नसकेको हुनाले जिल्लाबाट नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउन उपयक्त हुन्छ । राष्ट्रिय परिचयपत्र पेश गरे पनि विवरण नभिडेमा विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । नाबालक परिचयपत्रको हकमा यो अनिवार्य गरिएको छ ।
म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ?
हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ ।
म्याद सकिएका मेशिन रिडेबल राहदानी नवीकरण गर्नु पर्छ कि पर्दैन ?
राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पऱ्यो त्यही बेला बनाउन सकिन्छ । यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन ।ICAO ले यो मितिदेखि मेशिन रिडेबल राहदानी चल्दैन भनेर हालसम्म भनेको छैन ।
विद्युतीय राहदानी लिन समय नपाएमा मेशिन रिडेबल राहदानी लिन सकिन्छ कि?
नेपालबाट निबेदन दिनेहरूको हकमा मेशिन रिडेबल राहदानी लिन सकिदैन ।