पशु सेवा तालिम केन्द्र लगनखेल ललितपुरले सञ्चालन गरेको ३५ दिने अधिकृतस्तरिय छैटो तह सेवाकालिन तालिम मापदण्ड बनाएर पुनः सञ्चालन गर्न माग गरिएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन पशुपन्छी विभागीय समिति तथा कृषि विभागीय समितिले सेवाकालिन तालिम मापदण्ड बनाएर पुनः सञ्चालन गर्न माग गरेको हो ।
पशुपन्छी विभागीय समिति अध्यक्ष हरिसिंह भाट र कृषि विभागीय समिति सुरेन्द्र सुवेदीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सेवाकालिन तालिम सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
तालिममा छनौटको मापदण्ड र जेष्ठताको प्रवाह गरिएको, प्रदेश मातहतका कर्मचारीलाई मात्र छनौट गरिँदा स्थानीय तहमा कार्यरत कर्मचारीको मनोबल र उत्प्रेरणामा असर पर्ने विज्ञप्तिमा जनाइएको छ ।हाल उक्त तालिमा स्थगित भएकोले सम्पूर्ण प्रक्रिया रद्द गरेर छनौटका निश्चित मापदण्ड बनाएर पुनः सञ्चालन गर्न माग गरिएको छ ।
