प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सहमति विपरीत भारतीय पक्षबाट नेपाली भू–भागमा सडकसहितका संरचना बनाएको भन्दै आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले आपत्ति जनाएका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुई देशबीच सीमालगायत विषयमा कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमति विपरित संरचना बनेको उनको भनाइ छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भू–भागका रुपमा रहेको र गतवर्ष नै राजनीतिक–प्रशासनिक नक्सा सार्वजनिक गरेको सम्झनासमेत उनले विज्ञप्तिमा गरेका छन् ।
