अत्तरिया उद्योग वाणिज्य सङ्घले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ ।
उद्योग वाणिज्य सङ्घले आज विज्ञप्ति जारी गर्दै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ ।
कोभिड–१९ तीव्र रुपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएको सङ्घका अध्यक्ष अशोकराज देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् भनेर स्थगित गरिएको उनको भनाइ छ ।
यसैबिच कैलालीको गोदावरी धाममा माघ १ गते देखि हुने अर्धकुम्भ मेला स्थगित भएको छ । गोदावरी धाम विकास समितिले २०७२ सालदेखि बार्षिक रुपमा औपचारीक कार्यक्रम गरी आयोजना गर्दै आएको कुम्भ मेला कोरोना महामारीका कारण स्थगित गरिएको हो ।