कञ्चनपुरमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक विद्यालयका प्रिन्सीपल पक्राउ परेका छन्।
महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा रेटिना इन्टरनेशनल स्कुल मझगाँउका प्रिन्सीपल तिलक भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुले जनाएको छ।
उनीविरुद्ध प्रहरीमा उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता लालबहादुर बमले बताए। उजुरीपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिएको उनले बताएका छन्।