पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार जाने भएका छन् ।
सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा शाह मंगलबार दिउँसो १२ बजे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने पूर्वराजका संवाद सचिव फणिराज पाठकले जानकारी दिए ।
शाहले सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।