स्याङ्जामा गोली लागेर एक युवाको मृत्यु भएको छ ।
आँधिखोला गाउँपालिका–१ कालिखर्क जङगलमा पौष २० गते राती कालिजको शिकार गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय मनोज बिकको छर्रा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ ।
कालिज मार्ने क्रममा विकलाई गोलीको छर्रा लागेर मृत्यु हुँदा सँगै रहेका फरार ६ जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङजाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।
डिएसपी अधिकारीकाअनुसार पक्राउ पर्नेमा आँधीखोला–०१ बस्ने बर्ष २७ को सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँकै १८ वर्षीय सुनिल विक, २४ वर्षको दिनेश भन्ने रेवत पौडेल र बर्ष ३७ को धन बहादुर विकलाई पक्राउ गरिएको छ ।
त्यस्तै सोही ठाउँका बर्ष २४ को गोविन्द अधिकारी र २८ वर्षीय साजन कामीलाई रूपन्देही जिल्लाको बुटवल बसपार्कबाट पक्राउ गरेको हो ।