सनराइज सिन्धु मिडियाले आयोजना गरेको भित्तेपत्रिका तयारी तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको आधारभूत पत्रकारिता तालिम आइतबार समपन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे । प्रमुख अर्यालले सिर्जनशील कार्यमा लाग्ने विद्यालयलाई नगरले सहयोग उपलब्ध गराउने पनि बताए ।
तालिमका प्रशिक्षक एवं रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले भित्तेपत्रिका विद्यालयमा मात्र होइन गाउँमा धेरै मानिस भेला हुने ठाउँमा पनि टाँस्न सकिने साथै गाउँघरका विविध विषयमा समाचार लेख्न सकिने बताए ।
तालिमले विद्यालयको गतिविधि, विद्यार्थीको प्रतिभा समेटी विद्यालयमा भित्तेपत्रिका प्रकाशनमा सहज हुने भन्दै सिकेका कुरा विद्यालयमा लागू गर्न सनराइज सिन्धु मिडियाका अध्यक्ष सागर खड्काले आग्रह गरे । । तालिममा ३९ जनाको सहभागीता रहेको थियो ।