जयनगर–कुर्था रेलमार्ग परीक्षण सफल भएको छ । शनिबार जनकपुरधाम रेल्वे स्टेशन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोली सहित जयनगर–कुर्था रेल लिक परीक्षण सफल भएको हो ।
रेलमार्ग परीक्षणको क्रममा नेपाल रेल्वे कम्पनीका महाप्रबन्ध निरञ्जन झाले जानकारी दिए । उनले रेलको अवस्था सबै ठीक रहेको बताउँदै परीक्षण सफल भएको जानकारी दिए ।
यसलाई छिट्टै सञ्चालनमा ल्याउन पाए दुवै देशको लागि फाइदा हुने उनले भने । केहि ठाउँमा क्लिप चोरी भएको कुरालाई ध्यनाकर्ष पनि गराए ।
उनले उद्घाटनको मिति भने अहिले निश्चित नभएको दुबै देशको प्रधानमन्त्रीद्वारा रेल उद्घाटन गराउने जानकारी दिँदै उनिहरुको समय मिलेपछि उद्घाटन गर्ने मिति तय गर्ने जानकारी दिए । परिक्षण टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।