नेपाल प्रहरीका २६ जना एसएसपीहरुको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरीतर्फ एसएसपीहरूको सरुवा भएको हो ।
बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ भने भिमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ ।
को कहाँ पुगे ? सुचि हेर्नको लागि यहाँ क्लिक गर्नुहोला
त्यस्तै पुजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।त्यसैगरी उमेश राज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।