कामको खोजिमा दिनहुँ देशको ठुलठुला शहरहरुमा पलायन भईरहेका युवतिहरुको डरलाग्दो उदहारणहरु बाहिर आईरहेका छन् ।
यस्तै एउटा घतलाग्दो घटना बाहिर आएको छ ।
नुवाकोट जिल्लाको एक युवतीलाई पोखराको डान्सवारमा काम लगाईदिने र बाँकि समयमा आफैसँग राखी घरायसि काम गरेवापत पारिश्रमिक दिने प्रलोभन दिएर एक महिलाले ति युवतिलाई भारतको चार शहरमा बेंचेको जानकारी बाहिर आएको छ ।
प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोका अनुसार नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ५ की २६ वर्षीया अनिशा तामाङ भन्ने फूलमाया तामाङले नाम नखुलाईएकी ति युवतीलाई पोखरा लाने भनेर काठमाडौंको एक गेष्ट हाउसमा लगेर भारत पुर्याएकी हुन ।
पाँच वर्ष पहिला २०७४ सालमा भएको उक्त घटनाको पर्दाफास गत पुष ९ गते भएको हो । भारतिय प्रहरी तथा गैरसरकारीसंस्थाको सहयोगले नेपाल फर्केकी पिडित युवतिको बयानको आधारमा अनुसन्धानपछी आरोपित फुलमायालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।
पोखरा लाने भनेर फुलमायाले पीडित महिलालाई २०७४ को श्रावणमा काठमाडाको आकाशेधारास्थित एक गेष्ट हाउसमा लगि चाउमिनमा वेहोश हुने औषधी मिलाई खुवाएर अचेत अवस्थामा भारत पुर्याएकी थिईन् ।
फुलमायाले पिडित युवतीलाई भारतको मुम्बई, ईलाहाबाद, कलकत्ता तथा कुचबिहारका विभिन्न कोठीहरुमा पुर्याएर पटक–पटक बेचबिखन गरी वेश्यावृत्तीमा लगाएकी थिईन् ।
पिडित युवतिलाई कुँचविहारको कोठीबाटै भारतीय प्रहरीको समन्वयमा नेपाली राजदुतावास तथा नेपालस्थित विश्व सेवा बिस्तार संस्थाको सहयोगमा गत असोज २३ गते नेपाल फकाईएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी फुलमायालाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।