नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । प्रेस युनियन कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ ।
कार्यकर्ता पाल्ने, आसेपासेलाई फाइदा दिनबाहेक जनताका आधारभूत आवश्यकता पूरा गराउनतर्फ केन्द्रित भएको छैन,’ उनले भने, ‘यो सरकार जनताको अधिकार, विकासको विपक्षमा छ ।’
प्रदेश सरकारले जनताको पक्षमा काम गर्न नसक्दा जनता रुष्ट भएको उनले बताए । सरकारको कामकारबाहीबाट जनता निरास भएको तर्क गर्दै नेता महरले केन्द्रमा पाँचदलीय गठबन्धनको सरकार रहे पनि सुदूरपश्चिम सरकारको कांग्रेसलाई पेलेर अघि बढ्ने रणनीति लिएको आरोप लगाए ।