प्रहरीले अबैध रुपमा भित्रीएको भारतीय निजी सवारी साधन नियन्त्रणमा लिएको छ ।
भारतीय नम्बर बीआर ०५ एच ४९९५ नम्बरको स्कारपियो गाडी सोमबार वीरगञ्ज महानगरपालिका वडा नं १३ स्थित सडकखण्डमा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो ।
सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा भारतीय नम्बरको स्कारपियो गाडी भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको भन्ने प्राप्त सूचना अनुसार सोमबार नियन्त्रणमा लिएको वीरगञ्ज प्रहरीले जनाएको छ ।
बेवारिसे अवस्थामा फेला परेको गाडीको हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएकाले १५ लाख मुल्याङ्कन गरि उक्त गाडीलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।