कञ्चनपुरमा तिन वर्षअघि हत्या गरिएकी निर्मला पन्तका एक सन्दिग्ध पक्राउ परेका छन् ।
प्रहरीले ती व्यक्तिलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ । पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
डिएनए परीक्षण भइरहेको र मिलेमा उनलाई सार्वजनिक गर्ने बताइएको छ । निकाल अलि निर्मला पन्त हत्या भएको ठाउँ नजिकै तरकारी खेतीमा लागेको बताइएको छ । हत्यामा उनी संलग्न भए नभएको निक्र्यौल गर्न प्रहरीले तथ्यहरू खोजेको र डिएन रिपोर्टमा भर परेको बुझिएको छ ।
२०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको थियो । उनी साथीको घरमा पुगेर फर्कँदै गर्दा बलात्कारपछि हत्या भएको थियो ।