कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनामा प्रहरीले भारतीय नागरिकमाथि पनि निगरानी राखेको छ।
घटनाका बेला तीन जना भारतीय नागरिक उल्टाखाम क्षेत्रमै बसोबास गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको थियो। त्यसमध्ये पनि एक जना बढी शंकास्पद देखिएपछि निगरानीमा राखिएको प्रहरीले स्रोतले जानकारी दियो।
यद्यपि, बलात्कार तथा हत्या घटनामा ती नागरिक संलग्न रहेरनरहेको पुष्टि भएको छैन। नियमित अनुसन्धानको प्रक्रिया अन्तर्गत उनी निगरानीमा रहेको प्रहरी स्रोतले जनाएको छ।
२०७५ साउन १० गते बेपत्ता भएकी बालिका पन्त भोलिपल्ट घर नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। उनको बलात्कार तथा हत्या घटना प्रहरीले अहिलेसम्म सुल्झाउन सकेको छैन।