नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले पर्सा जिल्लामा गरेको कार्यक्रमको प्रभाव देखिन शुरु भएको छ ।
पुष ८ गते ओलिले पर्साको जगरनाथपुरमा गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रबाट प्रभावित भई जिल्लाका १०० भन्दा बढि नेपाली काँग्रेसका नेता कार्यकर्ता आज एमालेमा प्रवेश गरेका छन् ।
पर्साको पकहाँ मैनपुर गाउँपालिका कांग्रेसका प्रभावशाली नेता वीरेन्द्र पटेलको नेतृत्वमा १०० भन्दा बढी काँग्रेसी एमालेमा प्रवेश गरेका हुन् ।
एमाले केन्द्रिय सदस्य तथा पर्सा जिल्ला सह–ईन्चार्ज राजकुमार गुप्ताले उनिहरुलाई पार्टीमा प्रवेश गराएको एमाले पर्साले जनाएको छ ।
ओली तथा एमालेको नितिबाट प्रभावित भएर आफुहरु काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको नवप्रवेसिहरुले बताए ।
काँग्रेस छोडि एमालेमा प्रवेश गर्नेहरुमा शम्भु पटेल, सुरेन्द्र चौरसीया, मनोज चौरसीया, योगेन्द्र चौरसीया, अलिभ मियाँ, प्रमेश्वर चौरसीया, मनिफ मियाँ, मुन्नि ठाकुर, अनवर आलम, धुप राउत लगायतका रहेको एमाले पर्साले जनाएको छ ।