विभिन्न माग राखी किसान आन्दोलन गरिरहेको जनमत पार्टीका कार्यकर्तामाथी प्रहरीले गोली चलाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहा भन्ने स्थानमा प्रहरीले आन्दोलनकारीहरु माथी गोली चलाउँदा जनमत पार्टीका पाँचजना कार्यकर्ता घाइते भएका छन जसमध्ये २ को अवस्था चिन्ताजनक रहेको छ ।
प्राप्त जानकारी अनुसार गोलि लागि घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह छन् । टाउकोमा गोलि लागेका वैजनाथ र नथुनीको अवस्था गन्भिर रहेको जनमत पार्टीका एक नेताले बताए ।
प्रहरीले दर्जनौ राउण्ड अश्रुँज्ञास सहित गोलि चलाउँदा थप आन्दोलनकारी समेत घाईने भएको र उनिहरुको उपचार बिरेन्द्रनगर आसपासको स्वास्थ्य केन्द्रहरुमा भईरहेको जानकारी स्थानिय नेताले दिए ।
त्यस्तै, आन्दोलनकारीको ढुंगा र लाठी प्रहारबाट दुईजना प्रहरी जवान र सशस्त्र प्रहरीका एकजना जवान घाइते भएका छन् ।