हाल देशको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको छ । साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ।
यस्तै दिउँसो पनि देशभर आंशिक बदली रहनेछ । राति पनि देशभर बदली भइ प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।