कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकी बजारबाट प्रहरीले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय हरिशप्रसाद जोशी र २५ वर्षीय सागर बोहरालाई पक्राउ गरेको हो ।
जोशीको साथबाट ८.२५ ग्राम र बोहराको साथबाट ०.६३ ग्राम चरेश भेटिएको प्रहरीले जनाएको छ । दुबै जनालाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।