लागू औषध सहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँट स्थित तरकारी बजार सडक खण्डबाट धादिङका वर्ष ४६ का लेख बहादुर तामाङ्ग पक्राउ परेका हुन् ।
काठमाडौँको नरेफाँट तरकारी बजार स्थितमा सडक खण्डमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगररिय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक सुरेश राज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनले बोकेको झोलाबाट नुफिन २८६, फेनारगन २९२,डाइजापम २८४ गरी ८९२ पिस फेला पारेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उनको साथबाट युगान्तर मिडिया प्रा.लि को निजको नाम परिचय पत्र, दुई थान मोवाईल समेत फेला परेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई वृत्त बानेश्वरवाट लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।