जागरण मिडिया सेन्टरको बार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम बिहिवार काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाद्वारा आर्थिक बर्ष २०७७/०७८ मा संचालित बिभिन्न परियोजनाहरुको कार्यक्रम र आय व्ययबारे जानकारी गराईएको थियो ।
कार्यक्रममा लेखा अधिकृत प्रभा परियारले आम्दानी तर्फ ९२ लाख १६ हजार ५ सय ३७ रुपैया तथा खर्च तर्फ ७७ लाख नब्बे हजार ४ सय ७० रुपैया रहेको जानकारी गराएका थिए । त्यस्तै कार्यक्रम व्यवस्थापक अन्जु कडेलले संस्थाको प्रगती विवरण प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले जागरण मिडिया सेन्टरले मिडियाद्धारा दलित तथा सिमान्तकृत समुदायका सवालहरुको वकालत गरेको कामको प्रशंसा गर्दै आगामि दिन काम गर्ने क्षेत्र अझै फराकीलो बनाउन सुझाव दिएका थिए । त्यस्तै संस्थाले स्थानिय तहका सवालहरु अझै बढि उठाउन सुझाव दिएका थिए ।
जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले समुदायप्रति उत्तरदायी, पारदर्शीता ,जवाफदेहीता र शुशासनका लागि बार्षिक सामाजिक लेखा परिक्षण गरिएको र यसलाई निरन्तरता दिने बताईन् ।
संस्थाका महासचिव भीम घिमिरेको संचालन,कोषध्यक्ष शुशिल दर्नालको स्वागतमन्तव्य रहेको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मैना अछामी,जिल्ला समन्वय समिती काठमाडौंका सुचना अधिकारी मधु अर्याल खनाल,नेपाली कांग्रेसकी नेतृ राजन विश्वकर्मा ,दलित सेवा संघका अध्यक्ष ईश्वरी विश्वकर्मा,जुरि नेपालका बाल माया विश्वकर्मा,पत्रकारहरु रमिता यादव, विनोद परियार लगायतले कानुनी कार्यान्वयनको अवस्थामा जागरण मिडिया सेन्टरले तल्लो तह देखि संचार पैरवी गर्न सुझाव दिएका थिए ।