देशमा लागुपदार्थ सेवन गर्ने (ड्रगिष्ट) हरुको संख्या बढदै गएको छ । समाजमा हुने विभिन्न अपराधमा समेत तिनै सेवनकर्ताहरु संलग्न हुनेगरेको तथ्यांक प्रहरीमा छ ।
आफ्ना स–साना बच्चाहरुलाई बिना रेखदेख बाहिर खेल्न छोड्ने अभिभावकहरुको लापरवाही समेत बढ्दै गएको छ ।
अभिभावकको लापरवाहीले ठुलो घटनाहरु घट्ने गरेको छ । आजपनी यस्तै घटना घटेको समाचार प्राप्त भएको छ ।
देशकै आर्थिक नगरी रहेको विरगञ्ज महानगरपालिकामै दिनदहाडै एक ड्रगिष्टले ८ वर्षिय बालकलाई निर्ममतापुर्वक अपहरण गर्ने प्रयास असफल भएको छ ।
विरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित तेजारथ टोलमा साथीहरुसँग खेल्दै गरेका जितेन्द्र पटेलका ८ वर्षीय छोरा अभिराज पटेललाई लागु पदार्थ सेवन गरेका एक युवकले अपहरण गरी लैजादै गर्दा स्थानियले रोकेका हुन् ।
विरगञ्ज महानगरपालिका वडा नम्बर २३ पिप्राका २३ वर्षीय अवधेश पटेलले उक्त बालकको हाँतखुट्टा गलबन्दीले बाँधेर घसिट्दै गर्दा स्थानियले हो–हल्ला गरेर प्रहरीलाई बोलाएपछी घटना बाहिर आएको हो ।
नशाको हालतमा रहेका पटेलले बालकलाई घर अगाडिबाटै अपहरण गर्ने योजना असफल भएको हो । घट्नापछी उक्त क्षेत्रमा त्रास फैलिएको छ ।
आरोपितलाई समातेर स्थानियले खबर गरेपछी वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतमको टोली तत्कालै घटनास्थलमा पुगी बालक अपहरण गर्ने पटेललाई पक्राउ गरेको थियो ।
पक्राउ परेका पटेल लागुऔषधी सेवनकर्ता रहेको र नशाको सुरमा बच्चालाई गलबन्दीले बाँधेर अपहरण गर्न खोजेको प्रारम्भीक अनुसंधानबाट देखिएको गौतमले बताए ।