कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका सोही स्थानका २५ वर्षीय अर्जुन दासको १० दिनपछि सोमबार अत्येष्टि गरिएको छ ।
हत्यारा पक्राउ नपरेसम्म शव नबुझने भन्दै उनका आफन्तले शव बुझेका थिएनन् । अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो ।
दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दैआएका आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि शव अन्त्येष्टि गर्न सहमत भएका हुन् ।