काठमाडौंको चन्द्रागिरीमा नगरपालिकामा रहेको यातायात व्यवस्था विभागबाट लाईसेन्स, व्लुवुक लगायतको राजस्व तिरिदिने भनी ठगी गर्ने ९ जना बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरीको को गुर्जुधास्थित विभागको कार्यालयमा सर्वसाधारणहरुलाई विचौलियाहरूले लाग्ने दस्तुर भन्दा वढि दस्तुर लिन खोजी छिटो, छरितो काम गरिदिने भनी आश्वासन दिएर जवरजस्ती तानातान गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
बिचौलियाहरुले अनावश्यक हैरानी दिएको गुनासो अनुसार महानगरीय प्रहरी परिसर वलम्बु, काठमाडौबाट परिचालित प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएको ९ जनालाई थानकोट प्रहरी वृतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।