नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको स्मरण गरेका छन् ।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले महासचिव शंकर पोखरेलको भनाइसँग सहमति जनाउँदै पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताए ।
पोखरेलले पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताए । दाहालले एमालेबाट पनि त्यही समीक्षा हुने विश्वास व्यक्त गरे । ‘पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं,’ उनले भने , ‘के कारणले फरक ठाउँमा पुग्यौं, के कारणले अलग भयौं चिन्तन मनन गरौं ।’
दाहालले महाधिवेशनको राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गरेको समेत उल्लेख गरे । मैले आफू आफ्ना कमजोरी पनि राखेको छु ।
दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै गर्दा ‘प्रचण्डबाटै परिवर्तनको नेतृत्व भएको’ भन्ने भनाइ महत्त्वपर्ण भएको उल्लेख गरे ।