काठमाडौँ नेपाली कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा धुब्र वाग्ले र कृष्णचन्द्र नेपाली निर्वाचित भएका छन् ।
मंगलबार सार्बजनिक नतिजा अनुसार वाग्ले र नेपाली लोकप्रिय मतसहित निर्वाचित भएका हुन् । वाग्ले संविधान सभा सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य हुन् भने नेपाली गण्डकी प्रदेशका मुख्यमन्त्री हुन् ।
कुल खसेको ४६६४ मत मध्ये वाग्लेले २७२० मत पाए भने नेपालीले २३०६ मत पाए । यस्तै गण्डकी प्रदेशकै महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छिन् ।
निर्वाचित भएकामध्ये वाग्ले र तिवारी सभापति शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका हुन् भने नेपाली शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा थिए ।