मंगलबार नेपाली काँग्रेसका थप १८ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समितिका अनुसार मंगलबार थप १८ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
बागमती प्रदेश केन्द्रीय सदस्य एक महिला, मधेसी महिला केन्द्रीय सदस्य चार, बागमती प्रदेश खुला केन्द्रीय सदस्य २, केन्द्रीय सदस्य मधेसी खुला पाँच, केन्द्रीय सदस्य मुस्लिम महिला एक, केन्द्रीय सदस्य मुस्लिम खुला दुई, केन्द्रीय सदस्य प्रदेश १ महिलातर्फ एक, प्रदेश १ खुला केन्द्रीय सदस्य दुई गरेर १८ सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेश १ खुला केन्द्रीय सदस्य दुई जनामा राजीव कोइराला र अमृत अर्याल निर्वाचित भएका हुन् । कोइरालाले २१ सय ५२ मत प्राप्त गर्दा अर्यालले २३ सय ८९ मत ल्याए ।
सात प्रतिस्पर्धीमध्ये कोइराला र अर्यालले केन्द्रीय सदस्यमा बाजी मारे । प्रदेश १ महिलातर्फको केन्द्रीय सदस्यमा महेन्द्रकुमारी लिम्बू निर्वाचित भए । उनले २२ सय २९ मत प्राप्त रे । दुई प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बू निर्वाचित भए ।
केन्द्रीय सदस्य मुस्लिम २ पदमा अब्दुल रज्जक र अब्दुल सतार निर्वाचित भएका छन् । रज्जकले २३ सय ९० मत प्राप्त गर्नुभएको छ भने सतारले २२ सय २८ मत ल्याए । कुल ४६ सय ९२ मत खस्दा २४ मत बदर भएको छ ।
केन्द्रीय सदस्य मुस्लिमतर्फको एक पदमा जाबेद खातुन जागा निर्वाचित भए । अन्य पाँच उम्मेदवारलाई पछि पार्दै खातुन निर्वाचित भएका हुन् । । कुल ४६ सय ९२ मतमध्ये मुस्लिम महिला सदस्यमा २४ मत बदर भएको छ ।
केन्द्रीय सदस्य मधेसी खुला पाँच पदमा अजयकुमार चौरसिया, डा. चन्द्रमोहन यादव, दिनेशकुमार यादव, महेन्द्रकुमार राय र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । २३ प्रतिस्पर्धीमध्ये सबैमन्दा बढी मत प्राप्त गर्ने पाँच केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
चौरसिया २५ सय २२ मत ल्याएर विजयी भए भने विनोदकुमार चौधरी २२ सय ६ मत ल्याएर निर्वाचित भए । सँगै डा। चन्द्रमोहनले २१ सय ३८ मत प्राप्त गरे ।
त्यसैगरी दिनेशकुमार यादव १९ सय ५९ मत ल्याएर विजयी भए भने महेन्द्रकुमार रायले १९ सय ८४ मत प्राप्त गरे । मधेसी खुलातर्फ पाँच पदका लागि भएको कुल ४६ सय ७१ मतमा १३ मत बदर भएको छ ।
बागमती प्रदेश खुलातर्फ २ पदमा ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी ९राजन० विजयी भएका छन् । रञ्जितले २४ सय १९ मत प्राप्त गर्दा केसीले २१ सय २९ मत पाए । ४६ सय ५८ मत खस्दा ३३ मत बदर भएको छ । बागमती प्रदेश महिला १ पदमा उर्मिला नेपाल केसी निर्वाचित भए । दुई प्रतिस्पर्धीलाई पछि पार्दै केसी २३ सय ४९ मत ल्याएर निर्वाचित भए ।
त्यसैगरी केन्द्रीय सदस्य मधेसी महिलातर्फ चार पदका लागि भएको निर्वाचनमा नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव निर्वाचित भएका छन् । नागिनाले २८ सय ४६, मञ्जुकुमारीको २८ सय ८६, मिनाक्षीको तीन हजार १२ र मुक्ताकुमारीको २९ सय ६० मत आएको छ । कुल ४६ सय ७१ मत खस्दा १३ मत बदर भएको छ ।