नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । सोमबार राति ९ बजेदेखि अहिले बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारितभन्दा सात घण्टापछि ४ बजेदेखि मतदन सुरू भएको हो । अहिले मतदान जारी छ ।
अध्यक्षमा केपी शर्मा ओली र डा भीम रावलले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ ।