गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । तेस्रोपटक मन्त्रिमण्डल विस्तारसँगै गण्डकीमा मन्त्रीको संख्या १२ पुगेको छ । गत ८ साउनमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिमण्डल विस्तारका क्रममा शपथका लागि भनी बोलाएर अन्तिम समयमा नाम काटिएका डोबाटो विश्वकर्मा विना विभागीयमन्त्री नियुक्त भएका हुन् ।
शपथका लागि आफ्नो गृह जिल्ला तनहुँबाट पोखरा आउँदै गर्दा पोखरा आइनपुग्दै नाम काटिएर मन्त्री हुनबाट रोकिएका विश्वकर्मा त्यसको ८१ दिनपछि मन्त्री नियुक्त भएका हुन् । उनले सोमबारै प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
।