जयपुर राजस्थानमा एक शर्मनाक घटना बाहिर आएको छ ।
जहाँ अनलाइन कक्षा चलिरहेको बेला एक विद्यार्थीको बुबा गल्तीले स्कूलको व्हाट्सएप ग्रुपमा अश्लील भिडिओ पठाइदिए । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पाँच बर्ष सम्म जेलको सजाय हुन सक्ने बताइएको छ ।
जयपुरमा एक बुबाले कथित रुपमा आफ्नो छोरीको स्कूलको व्हाट्सएप ग्रुपमा १० अश्लील भिडियो पोस्ट गरेका छन् । अनलाइन कक्षाको क्रममा समूहमा आएको यो अश्लील भिडियो देखेर सबैजना छक्क परे ।
बच्चाहरुका अभिभावकहरुसँगै स्कूल प्रशासन पनि आश्चर्यचकित भयो । त्यसपछि विद्यालय प्रशासन आफैँले पुलिसमा उजुुरी दियो । सरकारी विद्यालयको पिन्सिपल रामप्रसाद चावलाले मुहाना पुलिस स्टेशनमा पोक्सो ऐन अन्तर्गत मुद्धा दायर गरेका छन् ।
प्रहारीले अभियुक्त बुबा सबिर अलीलाई पक्राउ गरेका छ । आफ्नो स्पष्टीकरणमा अभियुक्तले मोबाइलमा यी अश्लील भिडियो अन्तैबाट आएको र गल्तीले स्कूल ग्रुपमा गएको बयान दिएका छन् ।
प्रहरीका अनुसार यो एक गम्भीर अपराध हो र ५ बर्ष जेल सजाय पनि हुन सक्छ ।