विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुआत गरेको छ । शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले अल अमेरत क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको थियो ।
अहिलेसम्म ओमानले ७ विकेट गुमाइसकेको छ । नेपाललाई सातौं सफलता शरद भेषाकरले दिलाएका हुन् ।
यो समाचार तयार पार्दासम्म ओमानले २५ ओभरमा ७ विकेट गुमाएर ७१ रन बनाएको छ ।
यसअघि सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिएका थिए ।
आजको खेल मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा अन्तिम रहेकाले नेपाली टोली उनलाई सुखद् विदाई दिने लक्ष्यमा छ ।
नेपालले आज प्लेइङ ११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले गुल्सन झा र कुशल मल्ललाई विश्राम दिएर शरद भेषावकर र आरिफ शेखलाई प्लेइङ ११ मा समावेश गरेको छ ।
नेपालले जारी श्रृंखलामा तीन म्याच खेल्दा एकमा जित र दुई खेलमा हारको सामना गरेको छ ।
नेपालको प्लेइङ–११: आसिफ शेख, कुशल भुर्तेल, त्रानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, आरिफ शेख, शरद भेषवाकर, विनोद भण्डारी