एमसिसीविरुद्ध आन्दोलन गर्दा युवा अभियान्ता ज्ञानेन्द्र शाही घाइते भएका छन् । 
एमसिसीविरुद्ध शनिबार आन्दोलनको क्रममा प्रहरीले कुटपिटबाट अभियान्ता शाही घाइते भएका हुन् ।
उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
त्यस्तै, आन्दोलनको क्रममा शाहीलगायत १३ जना घाइते भएका छन् । 
आन्दोलनकारी राजकुमार भट्टराई, रोजन्द्र ताम्राकारसहित १५ जना पक्राउ परेका छन् ।