भारतले नेपालविरुद्ध गोल फर्काएको छ ।
खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काएका हुन् । सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् ।
यसअघि खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल गरेको थियो । खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल दशरथ रंगशालमा जारी छ ।