सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको यात्रु बस दुर्घटनामा परी १८ जना घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् ।
ठोकर्पाबाट काठमाडौँकालागि छुटेको बस बिहान बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बिस मिटर तल बस खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।
बसमा २० जना यात्रु सवार थिए जसमध्ये १५ जना भएका छन् । घाइतेको उपचारका लागि धुलिखेल र तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइ रहेको र र दुई जनाको गाडीले च्यापिएको हुनसक्ने बस्नेतले जानकारी दिए ।