एमाले विभाजन गरेर नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका माधवकुमार नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्य लिएर चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन् ।
नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगले बोलाएको दुई दिनअघि नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्य लिएर चन्द्रागिरि पुगेका हुन् । त्यहाँ नयाँ पार्टीको घोषणापत्र, विधान र नियमावलीको कामलाई टुंग्याइनेछ ।
निर्वाचन आयोगले नेपाल पक्षलाई बुधबार सनाखतका लागि बोलाएको छ ।
चन्द्रागिरि जानुअघि नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । राष्ट्रिपति भण्डारी र नेपालबीच के कुराकानी भयो भन्ने विषयमा खुलेको छैन ।
सम्बन्धित समाचारः माधव छाडेका नेताको ओलीसँग वार्ताः के—के भयो सहमति ?