भारतको मध्यप्रदेशमा छोराको हत्या गरेको आरोपमा आमा र उनका प्रेमी पक्राउ परेका छन्।
मृतकका आफन्तले बालकको मृत्यु नभई हत्या भएको भन्दै उनकी आमालाई अभियुक्त बनाई प्रहरीमा उजुरी दिएपछि समानपुर प्रहरीले छानविन प्रक्रिया अगाडि बढाएको थियो।
छानविनलाई अगाडि बढाउने क्रममा प्रहरीले बालकको शव पोस्टमार्टम गरेको थियो। पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु प्राकृतिक रुपमा नभएको देखिएको थियो।
त्यसपछि प्रहरीले बालककी आमा र उनका प्रेमीलाई हिरासतमा राखेर सोधपुछ गरेको थियो। बयानका क्रममा आमाले आफू र प्रेमी मिलेर छोराको हत्या गरेको स्वीकारेका छन्। बालकले उनीहरुलाई यौन सम्पर्क राखिरहेको अवस्थमा देखेपछि उनीहरुले बालकको हत्या गरेका थिए।
दाउराको चिर्पटले हानी बालकको हत्या गरेका उनीहरुमाथि भारतीय कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। बालकको अगस्ट २ गते हत्या भएको थियो।
एजेन्सी