सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध परेको रिटमा अन्तरीम आदेश दिन अस्वीकार गरेको छ ।
साथै सो मुद्दामा संवैधानिक इजलासमा पठाउने आदेश भएको सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले बताए । उक्त मुद्दामा कारण देखाऊ आदेश भएको छ ।
बुधबार न्यायाधीश डा. आनन्दमोहनभट्टराईको एकल इजलासले लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो ।