भारतको मुम्बईमा अनलाइन कक्षा चलिरहेका बेला पढाइमा ध्यान नदिएको भन्दै एक आमाले छोरोको हत्या गरेकी छन् ।
३० बर्षीया शिखा सागर पाठकले आफ्नो साढे ३ वर्षीय छोराको तकियाले मुख थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
छोराको हत्यापछि जब उनलाई पश्चाताप भयो, त्यसपछि उनले आफैं फासी लगाइन् ।
नासिक प्रहरीका अनुसार उक्त घटना मुम्बईको पाथर्डी फाटा क्षेत्रको साई सिद्धि अपार्टमेन्टको हो, जहाँ ३० वर्षीय पाठकको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीलाई प्राप्त भएको सुसाइड नोटमा उनले लेखेकी थिइन्, यी दुई मृत्युका लागि अरु कोही पनि जिम्मेबार छैनन् ।
महिलाले आफ्नो सुसाइड नोटमा आफ्नो छोराको हत्या गरेको स्पष्ट रुपमा उल्लेख गरेकी छन् ।