राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन्। केही प्रावधान विवादीत रहेको अध्याधेश राष्ट्रपति भण्डारीले जारी गरेकी छहुन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको जनाएको छ। जनता समाजवादी पार्टी जसपाले यसका लागि सरकारलाई दबाव दिँदै आएको थियो।
मन्त्रीपरिषदको सिफारीशमा रास्ट्रपती भण्डारीद्वारा जारी गरिएको अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानका बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने र बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि समेटिएको छ।
अध्याधेस जारी भएपछी मधेसमा खुशीयाली छाएको छ। मधेशवादी दलका नेता र मधेसका अभियन्ताहरुले यसको सह््राना गरीरहेका छन्। यता विपक्षी दलका केहि नेताहरुले भने बिवादित प्रावधान रहेको अध्याधेश जारी गर्नुको पछाडी राजनितीक स्वार्थ रहेको बताएका छन्।
