पछिल्लो समय एक हदसम्म मिलीसकेको नेकपा एमालेको केपी शर्मा ओली र माधवक कुमार नेपाल–झलनाथ खनाल गुट फेरी अलग हुने अवस्थामा पुगेका छन्। राष्ट्रिय सभाको उपनिर्वाचनमा माधव–झलनाथ समुहले गरेको असहयोग, विपक्षी पार्टीका नेतालाई सरकार ढाल्न गरेको सहयोगलगायत गतिविधीका कारण पार्टी एक नरहने निश्चितप्रायः भइसकेको छ। यसैविच नेकपा एमालेका नेता नेपालले आफुँहरु नयाँ पार्टी खोल्ने निर्णय गरेका छन्।
नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अर्को पार्टी खोल्न बाध्य पारेको एक सञ्चारमाध्यमसँगको कुराकानी गुनासो गरे। एमालेभित्रको बिवाद समाधानका लागि बनेको कार्यदलको औचित्य ओलीका कारण समाप्त भएको नेता नेपालले निप्पणी गरे। ‘यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैन? सोध्दै नसोधी संसद् विघटन गर्ने ? केही सल्लाह गर्नुपर्दैन ? अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन ?’ उनले प्रतिप्रश्न गरे।
नेता नेपालले प्रधानमन्त्री ओलीले भारतले भारतको ईशारामा प्रतिनिधी सभा भङ्ग गरेको आरोप लगाए। ‘लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि त कसरी प्रतिनिधिसभा जोगिन्छ? उनले भने, ‘हामीसँग कुनै मतलब नराखेर उहाँले नै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको होइन ? उहाँले एकलौटी गर्नुभएको छ। विदेशीसँग याचना गर्नुभएको छ।’
नेता नेपालले संसद विघटनलाई असंवैधानिक बताए। उनले भने, ‘प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं,’ जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो।’