नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसमुहका ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
एमालेनिकट श्राेतका अनुसार झलनाथ खनाल, माधवकुमार नेपाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी र कल्याणी खड्कालाइ स्पष्टिकरण सोध्ने निर्णय भएकाे हाे।
पार्टीको ह्विप उल्लङ् गर्ने तथा पार्टीको हितविपरित हुने गतिवीधी गर्र्दै हिडेको आरोपसहित माधव नेपाल समुहमाथी कारबाहीको प्रकृया शुरु गरिएको हो। माधव समुहका केहि नेता भने संस्थापनतिर फर्किरहेका छन्। पार्टीको मुलधारमा आउने नेताहरुमाथी कारबाही नहुने श्रोतले जानकारी दिएको छ।