विपक्षी गठबन्धन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतीद्वारा गरीएको संसद विघटनबिरुद्द अदालत जाने निष्कर्षमा पुगेको छ। बहिान बसेको गठबन्धनको बैठकपछी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानुनी लडाई लढ्ने जानकारी दिए।
प्रचण्डले संविधानको हत्या गर्ने षड्यन्त्र अनुरुप सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए।
प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।