केन्द्रीय सरकारका सबै मन्त्रीहरु पदमुक्त भएका छन्। प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति भएसँगै सबै मन्त्रीहरु पदमुक्त भएका हुनु।
बैसाख २७ मा संसदबाट विश्वासको मत नपाएपछी ओली नेतृत्वको सरकार कामचलाउ बनेको थियो। बिहीबार राष्ट्रपतिले पुनः नियुक्त गरेपछि उनले तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् ।
प्रधानमन्त्री ओलीले भोली दिउसो प्रधानमन्त्री पदको शपथ ग्रहण गरेसँगै मन्त्रीहरु नियुक्त गर्ने बताइएको छ। यसपटकको मन्त्रिपरिषदमा माधव नेपाल समुहका नेताहरुले समेत मौका पाउने सम्भावना रहेको छ भने जसपाको महन्थ ठाकुर समुह पनि सरकारमा जानसक्ने आँकलन गरिएको छ।