राष्ट्रपती विद्या देवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समयसिमा सकिएलगत्तै केपी शर्मा ओली पुुनः प्रधामन्त्री नियुक्त भएका छन्। राष्ट्रपती भण्डारीले दिएको समय अहिले राती ९ बजे सकिएको थियो।
विपक्षीले सरकारमा दावी गर्न नसकेपछी ओलीलाई राष्ट्रपतीले प्रधानमनत्रीमा नियूक्त गरेकी हुन। नवनियूक्त प्रधानमन्त्रीको सपथ ग्रहण शुक्रबार दिउसो २ बजे हुने बताइएको छ।
बैसाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछी नयाँ सरकार गठनको प्रकृया शुरु भएको थियो। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुहले गठबन्धन बनाएर नयाँ सरकारको लागि दावी गर्ने प्रयास असफल भएपछी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।
जसपाको महन्थ ठाकुर समुहले अप्रत्यक्ष रुपमा ओलीलाई सघाएपछी विपक्षीहरुले सरकार निर्माणका लागि आवश्यक पर्ने सासंद संख्या जुटाउन सकेनन्। यता राजिनामा दिने तयारीमा रहेका एमालेकै माधव कुमार नेपाल समुहलाई पनि ओली फकाएपछी विपक्षीहरु नयाँ सरकारका लागि दावी नगर्ने निष्कर्षमा पुगेका थिए।
अब संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार बनेको हो। जसअनुसार संसदको ठुलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ। अहिले संसदमा ठुलो दल नेकपा एमाले हो र यसको संसदीय दलको नेता ओली हुन्। नवनियूक्त प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ।