बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालविच भएको लामो छलफलका कारण हालको लागि माधव समुहका सांसदहरुको राजिनामा रोकीएको छ। सँगै विपक्षीहरुको सरकार बनाउने सपना समेत तुहियो।
बिहिबार भएको छलफलका कारण एमालेको समस्या तत्कालका लागि टरेको भएपनि पार्टीभित्रको कलह भने सकिएको छैन्। यद्दपी आज भएको वार्ता सकरात्मक भएको दुबै नेताले प्रतिकृया दिएपछी एमाले नेता कार्यकर्ता पार्टी फुटको संघारबाट बाहिर निस्किएको आंकलन गरीरहेका छन्।
यसैविच एमालेभित्र देखिएको संकट समाधानका लागि १० सदस्यीय कार्यदल बनाएर अघि बढ्ने सहमती भएको छ। करिव ४ घण्टाभन्दा बढी चलेको छलफलमा दुवैतर्फका पाँच–पाँच राखेर कार्यदल बनाउने सहमती भएको थियो। कार्यदलका १० मध्ये ७ जनाको टुङ्गो बिहिबार नै लागेको छ।
कार्यदलमा सुवास नेम्वाङ, विष्णु पौडेल शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल र गोकर्ण विष्टको नाममा दुवै नेता सहमत भएका छन्। तर, उनीहरुले कार्यदलमा रहने नेताहरुको नाम भने सार्वजनिक गरिसकेका छैनन्। बाँकी नाम सहमतिका आधारमा थप्दै जाने दुई नेताबीच सहमति भएको छ।