राष्ट्रपती विद्या देवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समयसिमा सकिएलगत्तै केपी शर्मा ओली पुुनः प्रधामन्त्री नियुक्त हुने भएका छन्। राष्ट्रपती भण्डारीले दिएको समय अहिले राती ९ बजे सकिनेछ।
बैसाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछी नयाँ सरकार गठनको प्रकृया शुरु भएको थियो। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुहले गठबन्धन बनाएर नयाँ सरकारको लागि दावी गर्ने प्रयास असफल भएपछी ओली पुनः प्रधानमन्त्री यिुक्त हुने भएका हुन्।
जसपाको महन्थ ठाकुर समुहले अप्रत्यक्ष रुपमा ओलीलाई सघाएपछी विपक्षीहरुले सरकार निर्माणका लागि आवश्यक पर्ने सासंद संख्या जुटाउन सकेनन्। यता राजिनामा दिने तयारीमा रहेका एमालेकै माधव कुमार नेपाल समुहलाई पनि ओली फकाएपछी विपक्षीहरु नयाँ सरकारका लागि दावी नगर्ने निष्कर्षमा पुगेका थिए।
अब संविधानको धारा ७६ ९३० अनुसार अल्पमतको सरकार बन्ने बाटो खुलेको छ। जसअनुसार संसदको ठुलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्नेछन्। अहिले संसदमा ठुलो दल नेकपा एमाले हो र यसको संसदीय दलको नेता ओली हुन्। यसरी नियूक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ।
यसैविच जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले केपी शर्मा ओलीलाई बधाई दिएका छन्। दिनभर अफु पक्षधर सासंदहरु लिएर भक्तपुरको एक रिसोर्टमा बसेका ठाकुर र महतो साँझ बालुवाटार पुगेर ओलीलाई बधाई दिएका हुन्।