दिनभरको रस्साकस्सीपछी अन्ततः प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै निरन्तरता पाउने भएका छन्। बहुमतको सरकार बनाउन चाहिने सांसद सख्या पुर्याउन विपक्षीहरु असमर्थ भएपछी प्रधानमन्त्री ओलीले निरन्तरता पाउने निश्चितप्रायः भएको हो।
आफ्नै पार्टीका माधव–झलनाथ समुहका कारण समस्यामा परेका प्रधानमन्त्रीले बिहिबार त्यो समुहलाई पनि थमथमाएका छन्। साथै जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समुहले ओेलीलाई अप्रत्यक्ष रुपमा सघाएपछी विपक्षी पार्टीहरु ब्याक हटेका हुन्। यद्दपी जसपाको उपेन्द्र–बाबुराम पक्ष भने विपक्षी दलसँगै थिए।
महन्थ ठाकुरले आफुँहरु तटस्थ बस्ने निर्णय गरेपछी बहुमतको सरकार बनाउन चाहिने सासंद सख्या पुरा गर्न धौ–धौ भएको विपक्षी दलहरु एमालेबाट माधव–झलनाथ समुहको राजिनामा आउने आशामा थिए। त्यो समुहका सांसदहरुले राजिनामा दिएको खण्डमा भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र–बाबुराम समुहका सांसद मिलेर नयाँ सरकार बनाउन सम्भव थियो। तर, केपी ओलीसँगको लामो वार्तापछी माधव समुह तत्काल राजिनामा नदिने निष्कर्षमा पुगेको छ।
माधव समुहको यो निष्कर्षसँगै शेर बहादुर देउवा, प्रचण्ड, उपेन्द्र यादवले पनि तत्काल सरकार बनाउन नसकिने निष्कर्ष निकालीसकेका छन्। बहुमतको सरकार बनाउनका लागि प्रतिनिधिसभाका १३६ सांसद आवश्यक पर्छ। तर, काग्रेस–माओवादीसँग भएको सांसद संख्याले मात्र नपुग्ने भएपछी देउवाले बिहिबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग सहयोग मागेका थिए। तर, ठाकुर–महतोले त्यसलाई अस्विकार गरे
अब संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार बन्ने बाटो खुलेको छ। जसअनुसार संसदको ठुलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्नेछन्। अहिले संसदमा ठुलो दल नेकपा एमाले हो र यसको संसदीय दलको नेता ओली हुन्। यसरी नियूक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ।