भारतको वसीपुरमा अज्ञात समूहले स्कुल सञ्चालक तथा जमिन कारोबारीको दिनदाहाडै गोली हानी हत्या गरेको छ। अज्ञात समूह बाइकमा आएर बाइकमा सवार मोहम्मद अशरफ उल हसन उर्फ लाला खानको हत्या गरि फरार भएका हुन्।
वसीपुरको नयाँ बजार निवासी स्कुल सञ्चालक तथा जमिन कारोबारी लाला खान आफ्नो बाइकमा जब्बार मस्जिदबाट अघि गइरहेका थिए। यसै समयमा पल्सर बाइकमा आएको समूहले उनको टाउकोमा पेस्तोल टाँसेर गोली प्रहार गरेको थियो।
गोली लाग्नेबित्तिकै लाला बाइकसँगै सडकमा लडेका थिए। गोली लागि सडकमा ढलेका लालालाई हस्पताल लगिएको थियो। अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। गोली प्रहार गर्ने समूह घटनास्थलबाट तत्काल फरार भएको थियो। सुटरहरु घटनास्थलबाट रेलवे लाइनमा बाइक छोडी भागेको प्रहरीको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।